नेपाली बक्स अफिस अपडेट: चलचित्र 'बा, एक योद्धा', 'आचार्य' र 'पेन्सन पट्टा' को हालसम्मको कमाइ

नेपाली चलचित्र बक्स अफिसमा यतिबेला नयाँ तथा पुराना फिल्महरूबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ। चलचित्र ‘बा, एक योद्धा’ र ‘आचार्य’ ले प्रदर्शनको १२औं र ११औं दिनमा प्रवेश गरेका छन् भने सुपरहिट फिल्म ‘पेन्सन पट्टा’ ले २६औं दिनमा सफलताका साथ प्रदर्शन जारी राखेको छ। ​मंगलबार परेका कारण अधिकांश हलहरूमा 'डिल डे' (Deal Day - हाफ टिकट) को सुविधा सुरु भइसकेको छ, जसले फिल्महरूको अकुपेन्सी र एडभान्स बुकिङमा सकारात्मक प्रभाव पारेको छ। हालसम्म यी तीनवटै फिल्मको बक्स अफिस प्रदर्शन र कमाइको विस्तृत स्थिति यसप्रकार रहेकोछ:
​१. चलचित्र 'बा, एक योद्धा' ​जेनर (Genre): फ्यामिली सोसल ड्रामा ​लेखन/निर्देशन: हरिमसाल ​कलाकारहरू: झर्ना थापा, दिव्यदेव पन्त, सुहाना थापा, सागर खनाल लगायत। ​लगानी: करिब २ करोड रूपैयाँ (हिट हुन ५ करोड कमाउनुपर्ने) ​आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। सुरुवाती दिनमा सुस्त ओपनिङ गरे पनि दोस्रो दिनबाट फिल्मले राम्रो पिकअप लिएको थियो। प्रदर्शनको १२औं दिनमा पुग्दा यसले देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन जोडेर सवा सयभन्दा बढी शो पाएको छ। ​कुल कमाइ (११ दिनसम्म): रू. २ करोड ६ लाखभन्दा बढी ​आजको व्यापार (१२औं दिन): डिल डे (आधा टिकट दर) का कारण टिकटको मूल्य कम भए तापनि अकुपेन्सी दोब्बर भएको छ। आज फिल्मले २० लाख हाराहारी व्यापार गर्ने प्रक्षेपण गरिएको छ।
​२. चलचित्र 'आचार्य' ​जेनर (Genre): एक्सन ड्रामा ​लेखन/निर्देशन: निखिल उप्रेती ​कलाकारहरू: निखिल उप्रेती, पूर्णिका सिन्जापति, दिपराज राणा, प्रमोद अग्रहरी लगायत। ​लगानी: करिब ५ करोड रूपैयाँ (लगानी उठाउन १२ करोड कमाउनुपर्ने) ​श्री बैंकको टेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले सुरुवाती दिनहरूमा मौसमको खराबीका कारण केही असर भोगेको थियो। त्यसपछि दर्शक तथा समीक्षकबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेका कारण फिल्मले अपेक्षित व्यापार गर्न सकेन। ​कुल कमाइ (११ दिनसम्म): रू. १ करोड ५७ लाखभन्दा बढी ​आजको अवस्था (११औं दिन): मल्टिप्लेक्स र सिंगल स्क्रिन गरी हाल यो फिल्म २० वटाभन्दा कम शोमा खुम्चिन पुगेको छ। आज यसले बक्स अफिसमा बढीमा ५० हजारदेखि १ लाख रुपैयाँ सम्मको मात्र व्यापार गर्ने देखिन्छ।
​३. चलचित्र 'पेन्सन पट्टा' ​जेनर (Genre): ड्रामा ​लेखन/निर्देशन: माओत्से गुरुङ ​कलाकारहरू: दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन बिक्रम राई, बुद्धि तामाङ लगायत। ​लगानी: करिब २ करोड रूपैयाँ (सुपरहिट भइसकेको, १० करोड पुग्दा ब्लकबस्टर) ​चौथो हप्तामा प्रवेश गर्दा पनि बक्स अफिसमा विस्फोटक व्यापार गरिरहेको चलचित्र 'पेन्सन पट्टा' ले नयाँ फिल्महरूलाई समेत पछि पारेको छ। आरआर फिल्म्सको वितरण रहेको यस फिल्मले २६औं दिनमा पनि करिब १०० हाराहारी शो प्राप्त गरेको छ। ​कुल कमाइ (२५ दिनसम्म): रू. ९ करोड २३ लाखभन्दा बढी ​आजको व्यापार (२६औं दिन): आज यसले १५ लाखभन्दा बढी व्यापार गर्ने अनुमान गरिएको छ। 'लाली बजार' को रेकर्ड तोड्दै यो चलचित्र यस वर्षको दोस्रो सर्वाधिक कमाउने फिल्म बनिसकेको छ। सम्भवतः आगामी सोमबारसम्ममा यसले १० करोडको ब्लकबस्टर आँकडा छुन सक्नेछ।

Post a Comment

0 Comments