नेपाली बक्स अफिस अपडेट: 'पेन्सन पट्टा' को ऐतिहासिक व्यापार, 'बा एक योद्धा' र 'आचार्य' को प्रदर्शन कस्तो?

प्रदर्शनको २३औँ दिनमा पनि नेपाली चलचित्रहरूको व्यापार उत्साहजनक देखिएको छ। विशेष गरी 'पेन्सन पट्टा' ले देशव्यापी रूपमा हाउसफुलको व्यापार गर्दै बक्स अफिसमा बलियो पकड बनाएको छ भने अन्य चलचित्रहरूको स्थिति पनि मध्यम रहेको छ। हालैको विवरण अनुसार यी तीन प्रमुख चलचित्रहरूको कुल कलेक्सन, शो संख्या र बक्स अफिसको अवस्था यसप्रकार छ:
​१. बा एक योद्धा (Ba Ek Yoddha) ​हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको यो फेमिली सोसल ड्रामा चलचित्र हो। ​मुख्य कलाकारहरू: झरना थापा, दिव्य देव पन्त, सुहाना थापा, सागर खनाल लगायत। ​लगानी तथा निर्माण: आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस फिल्ममा वसन्त लम्सालको करिब २ करोड लगानी रहेको छ। ​व्यापार र शो संख्या: असोज ९ गते ८६ शोका साथ प्रदर्शनमा आएको यस फिल्मले दोस्रो हप्तामा पनि ७३ भन्दा बढी शो होल्ड गर्न सफल भएको छ। पहिलो सातामा १ करोड ११ लाख कमाएको फिल्मले आठौँ दिन १२ देखि १५ लाखको व्यापार गरेको थियो। सार्वजनिक विदाको दिन यसले २० देखि २५ लाखसम्मको कारोबार गर्ने अनुमान गरिएको छ। ​ब्रेक इभीन: फिल्म नेपालमा हिट हुनका लागि करिब ५ करोडको व्यापार गर्नुपर्ने हुन्छ।
​२. पेन्सन पट्टा (Pension Patta) ​मौसमी गुरुङको निर्देशनमा बनेको ड्रामा जनराको यस चलचित्रले बक्स अफिसमा उत्कृष्ट सफलता हासिल गरिरहेको छ। ​मुख्य कलाकारहरू: दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, ल्सन बिक्रम राई, बुद्धि तामाङ लगायत। ​लगानी तथा वितरण: आर आर फिल्म्सद्वारा वितरित यस फिल्ममा युके, हङकङ र नेपालका लगानीकर्ताहरूको संयुक्त लगानी (करिब २ करोड) छ। ​व्यापार र शो संख्या: भदौ २६ गते १३० भन्दा बढी शोबाट प्रदर्शन थालेको फिल्म २३औँ दिनमा पनि १०४ भन्दा बढी शोमा चलिरहेको छ। वितरक रोहित कटेलका अनुसार २२औँ दिनसम्म फिल्मले ८ करोड ५० लाखको व्यापार गरिसकेको छ। आजको एडभान्स बुकिङ र अकुपेन्सीका आधारमा थप ३५ देखि ४० लाखको व्यापार हुने देखिएको छ। ​विशेष रेकर्ड: यो चलचित्र सोमबारसम्ममा 'लालीबजार' को ९ करोड ३२ लाखको लाइफटाइम कमाइको रेकर्ड तोड्दै यस वर्षको दोस्रो सर्वाधिक कमाउने फिल्म बन्ने सम्भावना छ। फिल्म सुपरहित भइसकेको छ र ब्लकबस्टरको मार्गमा अघि बढेको छ।
​३. आचार्य (Acharya) ​निखिल उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको एक्सन ड्रामा चलचित्र असोज ९ गतेदेखि प्रदर्शनमा आएको हो। ​मुख्य कलाकारहरू: निखिल उप्रेती, पूर्णिका सिन्जापति, दिपराज राणा, रघु बाबु, रोहित चौधरी, ध्रुव कोइराला लगायत। ​लगानी तथा निर्माण: निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्ममा कृष्ण प्रसाद भट्टराईको करिब ५ करोड लगानी रहेको छ। ​व्यापार र शो संख्या: मिश्रित प्रतिक्रिया र नयाँ विदेशी चलचित्रको प्रभावका कारण यसको शो घटेर हाल मल्टिप्लेक्समा करिब २७ वटा मात्र बाँकी छन्। पहिलो हप्तामा १ करोड ४० लाख व्यापार गरेको फिल्मले आठौँ दिन ३ लाखको वरिपरि कारोबार गरेको थियो। विदाको दिन भएकाले आज ५ देखि ७ लाखसम्मको व्यापार गर्ने प्रक्षेपण गरिएको छ। ​ब्रेक इभीन: ठूलो लगानीका कारण यो फिल्म क्लिन हिट हुन १२ करोडको व्यापार गर्नुपर्ने हुन्छ।

Post a Comment

0 Comments